Kathmandu Press

तीन सहसचिव सचिवमा बढुवा

तीन सहसचिव सचिवमा बढुवा

काठमाडौं, मंसिर १० : सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

बैठकले सहसचिवत्रय योगेन्द्रकुमार कार्की, सुरेश आचार्य र गोकर्ण दवाडीलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।

यस्तै, बैठकले कोरोनाका कारण बन्द गरिएका भिजिट र अनअराइभल भिसासमेत खुला गर्ने निर्णय गरेको उनले जानकारी दिए।
 

प्रकाशित मिति: ०१:१३ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्