Kathmandu Press

तीन महिनामा भित्रियो दुई खर्ब ५८ अर्ब रुपैयाँ बराबरको विप्रेषण

काठमाडौं, मंसिर १० : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ बराबरको विप्रेषण भित्रिएको छ। यो गत वर्षको...
तीन महिनामा भित्रियो दुई खर्ब ५८ अर्ब रुपैयाँ बराबरको विप्रेषण

काठमाडौं, मंसिर १० : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ बराबरको विप्रेषण भित्रिएको छ। 

यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो। कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा समेत रोजगारीमा समस्या आए पनि चालु आर्थिक वर्षको गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह सकारात्मक रहेको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले वृद्धि भई दुई अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो। 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सर्फर १०.२ प्रतिशतले वृद्धि भई २८६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सर्फर ३.८ प्रतिशतले घटेको थियो।  रासस

प्रकाशित मिति: २३:२५ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्