Kathmandu Press

महिलाविरुद्धका हिंसा अन्त्य गर्न वर्षभरि नै लागौं : डा. देउवा

काठमाडौं, मंसिर १० : कांग्रेस नेतृ एवं अधिकारकर्मी डा.आरजु राण देउवाले आजदेखि सुरु भएको महिला हिंसा विरुद्धको अभियानका अवधिभर मात्रै नभई बर्षभरीनै सबैलाई...
महिलाविरुद्धका हिंसा अन्त्य गर्न वर्षभरि नै लागौं : डा. देउवा

काठमाडौं, मंसिर १० : कांग्रेस नेतृ एवं अधिकारकर्मी डा.आरजु राणा देउवाले आजदेखि सुरु भएको महिला हिंसाविरुद्धको अभियानका अवधिभर मात्रै नभई वर्षभरि नै सबैलाई सहभागी हुन अनुरोध गरेकी छन्। 

बुधबार एक भिडियो जारी गर्दै डा. देउवाले सबै एकतावद्ध भएर महिलाविरुद्धको हिंसा उन्मूलन गर्नुपर्ने धारणा राखेकी छन्। ‘आजदेखि सुरु भएको अभियानको अवधिमा मात्रै होइन, महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि वर्षभर लाग्न सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भिडियोमा भनेकी छन्, ‘जुन समाजमा महिलामाथि घरभित्र र बाहिर हिंसा हुन्छ, त्यो समाजको कहिल्यै पनि प्रगति, उन्नति र  सम्वृद्धि हुन सक्दैन। महिलाहरुलाई हाम्रो धर्मशास्त्रले पनि उच्च दर्जा दिएको छ।’

Hardik ivf

डा.देउवाले हिरिवोधनी एकादशीको दिनमा सुरु भएको महिलाविरुद्धको हिंसाको अभियानले धर्मशास्त्र अनुसार पनि महिलामाथि सम्मान गरेको बताएकी छन्। ‘आज हरिवोधनी एकादशी हो। तुलसीको विवाह गर्ने दिन। तुलसीलाई भगवान विष्णुले दिनु भएको सम्मानजस्तै हामीले पनि महिलाहरुलाई सम्मान दिलाउनु पर्छ’, डा. देउवाले भनेकी छन्, ‘घरभित्र र घरबाहिर महिलालाई सम्मान गर्ने काम गरेर महिलाविरुद्ध हुने हिंसामा सबैलाई सहभागी हुन अनुरोध गर्न चाहन्छु।’
 

प्रकाशित मिति: २१:२५ बजे, बुधबार, मंसिर १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्