गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण
पोखरा, मंसिर १० : गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ७१ जनामा...
पोखरा, मंसिर १० : गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ७१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
संक्रमितहरु बाग्लुङका सात, गोरखाका तीन, कास्कीका ३६, लमजुङका दुई, तनहुँका चार, स्याङजाका चार, पर्वत पाँच र नवलपरासी पूर्वका १० जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा कोभिड संक्रमितको संख्या ११ हजार तीन सय ८५ पुगेको छ।
प्रकाशित मिति: १९:३८ बजे, बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)