Kathmandu Press

मेयरलाई कोरोना देखिएपछि नगरपालिका बन्द

तनहुँ, मंसिर १० : मेयरलाई कोरोना भाइरसको संक्रमण देखिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको कामकाज बन्द गरिएको छ।मेयर किसान गुरुङलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको...
मेयरलाई कोरोना देखिएपछि नगरपालिका बन्द

तनहुँ, मंसिर १० : मेयरलाई कोरोना भाइरसको संक्रमण देखिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको कामकाज बन्द गरिएको छ।

मेयर किसान गुरुङलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि नगरपालिका सबै कामकाज बन्द गरिएको जनाएको छ।

बुधबारदेखि शुक्रबारसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले बताए।

नगरपालिकामा कार्यरत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उनको भनाइ छ।

यसैबीच नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले गत वर्षदेखि हरिबोधिनी एकादशीको दिनमा सार्वजनिक बिदा दिन थालेको छ।

प्रकाशित मिति: १६:१७ बजे, बुधबार, मंसिर १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्