Kathmandu Press

शिकार खेल्न गएका राउटे किशोर भिरबाट लडेर मृत्यु

सुर्खेत, मंसिर १० : बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ।सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित मेटलामा शिकार खेल्न गएका...
शिकार खेल्न गएका राउटे किशोर भिरबाट लडेर मृत्यु

सुर्खेत, मंसिर १० : बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ।

सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित मेटलामा शिकार खेल्न गएका १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।

राउटे समुदाय प्रायः शिकार खेल्ने गर्छन्। चिङ्गाड गाउँपालिका–५ मेटलाखोला किनारमा उनीहरुको वस्ती रहेको छ। यो वस्तीमा उनीहरुको जनसंख्या एक सय ४५ रहेको छ।

प्रकाशित मिति: १५:५१ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्