Kathmandu Press

उहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायी सम्मानित

काठमाडौं, मंसिर ९ : छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ सङ्क्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान...
उहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायी सम्मानित

काठमाडौं, मंसिर ९ : छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ सङ्क्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको छ।

प्रेमसिद्धि प्रालि काभे्रपलाञ्चोक साँगालाई आज धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। चीनको उहानमा कोरोना फैलिई समस्या भएका बेला प्रेमसिद्धि प्रालिको संयोजनमा एक लाख १० हजार सर्जिकल मास्क सहयोगस्वरुप पठाइएको थियो।

दिवसका अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रालिका प्रोपाइटर सुकदेव जोशीलाई सम्मान गरेको हो। कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष कैलाश पलाञ्चोके, घरेल तथा साना उद्योग महासङ्घ काभ्रेका अध्यक्ष सुवासचन्द्र श्रेष्ठलगायतले कोरोनाका कारण उद्योग व्यवसायमा प्रभाव परेकाले यथोचित सम्बोधन गर्न माग गरेको कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिए।

सो अवसरमा कार्यालयबाट तालीम लिई विभिन्न घरेलु सामग्री निर्माण गरेको व्यवसायीले एक दिने प्रदर्शनीसमेत गरेका थिए।

प्रकाशित मिति: २३:२७ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्