Kathmandu Press

घुस लिएको अभियोगमा वन रक्षकविरुद्ध मुद्दा

काठमाडौं, मंसिर ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको...
घुस लिएको अभियोगमा वन रक्षकविरुद्ध मुद्दा

काठमाडौं, मंसिर ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए।

आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वन रक्षकले घुस लिएकोसमेत पुष्टि भएको छ। आयोगले आरोपी वन रक्षक विश्वकर्माविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ। 

प्रकाशित मिति: २३:१९ बजे, मंगलबार, मंसिर ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्