Kathmandu Press

समुद्री किनारमा सोनाक्षीको हट फोटो सुट

मुम्बई, मंसिर ९ : बलिउड अभिनेत्री सोनाक्षी सिन्हा माल्दिभ्स पुगेकी छन्। उनले समुद्री किनारमा हट फोटो सुट गरेकी छन्।उनी विदा मनाउन माल्दिभ्स पुगेकी...
समुद्री किनारमा सोनाक्षीको हट फोटो सुट

मुम्बई, मंसिर ९ : बलिउड अभिनेत्री सोनाक्षी सिन्हा माल्दिभ्स पुगेकी छन्। उनले समुद्री किनारमा हट फोटो सुट गरेकी छन्।

उनी विदा मनाउन माल्दिभ्स पुगेकी हुन्। माल्दिभ्सको समुद्री किनारमा लिएका तस्बिर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। उनका फोटो भाइरल बनेका छन्।

सोनाक्षीले आफूलाई आइल्यान्ड गर्ल भन्दै फोटो सेयर गरेकी छिन्। ति फोटोमा उनका लाखौं फ्यानले रियाक्ट गरेका छन्।

दबंगबाट चर्चित बनेकी सोनाक्षी अब ‘भुजः द प्राइड अफ इन्डिया’मा देखिदैछिन्। यसमा उनीसँगै संजय दत्त र अजय देवगन पनि मुख्य भूमिकामा रहेका छन्।

प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्