Kathmandu Press

कोरोना परीक्षणका लागि काठमाडौंका टोल-टोलमा मोबाइल भ्यान

काठमाडौं, मंसिर ९ : कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोल-टोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब संकलन...
कोरोना परीक्षणका लागि काठमाडौंका टोल-टोलमा मोबाइल भ्यान

काठमाडौं, मंसिर ९ : कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोल-टोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब संकलन  सुरु गरेको छ।

जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले महानगरपालिकाले प्रत्येक वडा-वडामा पुगेर लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब संकलन सुरु गरेको हो। 

सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि नै कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब सङ्कलनको काम सुरूवात गरिएको जानकारी दिए।  

नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्याक्ट ट्रेसिङमा परेका शंकास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागि परेको बताइएको छ। यसमा एक पटकमा दुई जनाको स्वाब लिन सकिने छ। लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैँ परीक्षण गर्न पनि कामपाले अनुरोध गरेको छ।

शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबार वडा नं १३ मा स्वाब सङ्कलन गरिएको छ भने मंगलबारदेखि अन्य वडामा सुरू भएको छ। रासस

प्रकाशित मिति: १९:४० बजे, मंगलबार, मंसिर ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्