Kathmandu Press

निशान र अर्जुनको नयाँ गीत ‘तिमीलाई देखेपछि..’ सार्वजनिक (भिडियो)

काठमाडौं, मंसिर ९ : संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत रिलिज भएको छ। ‘तिमीलाई देखेपछि माया पलायो’...
निशान र अर्जुनको नयाँ गीत ‘तिमीलाई देखेपछि..’ सार्वजनिक (भिडियो)

काठमाडौं, मंसिर ९ : संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत रिलिज भएको छ। ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको भिडियो डिभाइन म्यूजिकबाट रिलिज भएको हो।

गीतमा निलकण्ठ सुवेदीको शब्द रचना रहेको छ। गीतमा युवायुवतीको भेटपछि भएका प्रेमका कुरा रहेका छन्। गायक भट्टराईले आफूले गाएका गीतमा मन परेका गीतमध्ये यो गीत पनि एक रहेको बताए। संगीतकार पोखरेलले यो गीतबाट आफूले निकै आशा गरेको बताए।

सुरेश दर्पण पोखरेलले भिडियोको निर्देशन गरेका छन्। संयुक्त राज्य अमेरिकाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठले अभिनय गरेका छन्। 

भिडियो हेर्नुस् : 

प्रकाशित मिति: १९:३२ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्