Kathmandu Press

मानवअधिकार चलचित्र महोत्सव भोलिदेखि सुरु हुँदै

काठमाडौं, मंसिर ९ : नेपाल मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा भोलिदेखि आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव सुरु हुन लागेको छ।कोरोना महामारीका कारण...
मानवअधिकार चलचित्र महोत्सव भोलिदेखि सुरु हुँदै

काठमाडौं, मंसिर ९ : नेपाल मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा भोलिदेखि आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव सुरु हुन लागेको छ।

कोरोना महामारीका कारण यो वर्ष भर्चुअल रुपमा महोत्सव आयोजना गर्न लागिएको केन्द्रले जनाएको छ। बुधबारदेखि ६ दिन चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनसहित गरेर ५२ फिल्म प्रदर्शन गरिने भएको छ।

Hardik ivf

महोत्सवमा चलचित्र प्रसारणपछि ‘एसियाली सिनेमामा महिलाः उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली सिनेमा युवाः हामी के हेर्न चाहान्छौं,’ अल्पसंख्यक सीमान्कृत समुदायको सवालः सिनेमाको भूमिका विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्तक्रिया तथा छलफल समेत हुने भएको छ।

राष्ट्रिय मानव अधिकार आयोग सह–आयोजना,  चलचित्र विकास बोर्डको प्रवर्द्धन र युरोपियन युनियन, नेपालका लागि जर्मनी दूतावास, शान्तिका लागि कला, आईओएमलगायतको सहकार्य र दजनौं संघसंस्थाको एक्यवद्धता महोत्सव आयोजनामा रहेको महोत्सवको कार्यकारी निर्देशक पाण्डब खत्रीले बताए।

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्