Kathmandu Press

रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र 

काठमाडौं, मंसिर ९ : राप्रपा काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई  ज्ञापनपत्र बुझाएको छ।राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाको...
रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र 

काठमाडौं, मंसिर ९ : राप्रपा काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई  ज्ञापनपत्र बुझाएको छ।

राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा गएको टोलीले रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै मंगलबार काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो।

काठमाडौं महानगरपालिकाले श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताइरहेकी श्री ५ मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको बताइएको छ।

काठमाडौं महानगरपालिकालाई यो कार्य तत्काल सच्चाउन माग समेत गरिएको छ। शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउनु पर्ने राप्रपाको माग छ। 

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्