भिरबाट लडेर नवजात शिशुसहित महिलाको मृत्यु
डडेल्धुरा, मंसिर ९ : भिरबाट लडेर डडेल्धुरामा नवजात शिशुसहित महिलाकाे मृत्यु भएको छ।झारफुकका लागि धामीझाक्रीको घरमा जाने क्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बगालकी ३५...
डडेल्धुरा, मंसिर ९ : भिरबाट लडेर डडेल्धुरामा नवजात शिशुसहित महिलाको मृत्यु भएको छ।
झारफुकका लागि धामीझाक्रीको घरमा जाने क्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बगालकी ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको छ।
उनीसँगै १३ दिने नवजात शिशुको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रमुख डीएसपी महेन्द्र नेपाल बताए। उनी आमा हुन या नातेदार भन्ने नखुलेकाे प्रहरीले जनाएकाे छ।
उनी मणिलेक ढोब्डेनाको भीरबाट लडेकी हुन्। उनी आफ्नो गाउँबाट अर्को गाउँमा झारफुक गर्न जाँदै थिइन्। दुवैको घटनास्थलमै मृत्यु भएको डिएसपी नेपालले बताए।
प्रकाशित मिति: १७:३५ बजे, मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)