Kathmandu Press

एक लाख ४६ हजारसहित जुवाको खालबाट सात जना पक्राउ

दाङ, मंसिर ९ : जुवा खेलिरहेको अवस्थामा दाङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियामा राप्ती गाउँपालिका–३...
एक लाख ४६ हजारसहित जुवाको खालबाट सात जना पक्राउ

दाङ, मंसिर ९ : जुवा खेलिरहेको अवस्थामा दाङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियामा राप्ती गाउँपालिका–३ निवासी २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका हुन्। उनीहरुबाट एक लाख ४६ हजार रुपैयाँ पनि बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्युठान सरुमारानी गाउँपालिका–३ निवासी ५० वर्षीय चुमानसिंह सुनार, ३५ वर्षीय अल्ली शाह, सरुमारानी–१ का २४ वर्षीय एडिस मियाँ, ४० वर्षीय अकबर हुसेन मियाँ, सरुमारानी गाउँपालिका–३ का ४४ वर्षीय कृष्णबहादुर राना, राप्ती गाउँपालिका–२ का यमबहादुर राना र राप्ती–१ का ४२ वर्षीय रुपेश आलेलाई पक्राउ गरिएको छ।

उनीहरुबाट जुवामा प्रयोग हुने १० गड्डी तास र एक थान गलैँचासमेत बरामद गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्