Kathmandu Press

ओली-देउवाबीचको भेटलाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन : सिंह

काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस संसद्‍ विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन्। सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा...
ओली-देउवाबीचको भेटलाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन : सिंह

काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस संसद्‍ विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन्। 

सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दैै उनले जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताएका हुन्। 

“प्रधानमन्त्रीलाई पार्टी सभापतिले भेटेको कुरालाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन, कांग्रेस जनताले दिएको म्याण्डेटअनुसार प्रतिपक्षको भूमिकामा रहन्छ”, उनले भने। नेकपाभित्रको झगडामा कांग्रेसको कुनै सरोकार नरहने उनको भनाइ थियो। 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले संघीयताको मर्म र भावना विपरीत काम गर्दै आइरहेको आरोप लगाए। 

प्रकाशित मिति: २३:२० बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्