Kathmandu Press

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु, यात्रुको अवस्था गम्भीर

काठमाडौं, मंसिर ८ : पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटना भएको छ। दुर्घटनामा पाइलटको मृत्यु भएको छ।मृत्यु हुनेमा पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु...
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु, यात्रुको अवस्था गम्भीर
फाइल फाेटाे

काठमाडौं, मंसिर ८ : पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटना भएको छ। दुर्घटनामा पाइलटको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपाली रहेका छन्। दुर्घटनामा प्याराग्लाइडिङ गर्ने यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छिन्।

फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्याउने बितिकै नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए।

श्रेष्ठको छाति र खुट्टामा चोट लागेकोले स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२:३६ बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्