Kathmandu Press

सञ्जय दत्तको ‘टोरबाज’ अर्को महिना आउने

मुम्बई, मंसिर ८ : बलिउड अभिनेता सञ्जय दत्तको फिल्म ‘टोरबाज’ अर्को महिना रिलिज हुने भएको छ।निर्माण युनिटले ११ डिसेम्बरमा ‘टोरबाज’ रिलिज हुने जनाएको...
सञ्जय दत्तको ‘टोरबाज’ अर्को महिना आउने

मुम्बई, मंसिर ८ : बलिउड अभिनेता सञ्जय दत्तको फिल्म ‘टोरबाज’ अर्को महिना रिलिज हुने भएको छ।

निर्माण युनिटले ११ डिसेम्बरमा ‘टोरबाज’ रिलिज हुने जनाएको छ। यो फिल्म नेटफ्लिक्स आउन लागेको हो।

यसमा सञ्जय दत्त अफगान सेनाको जनरलको भूमिकामा देखिनेछन्। उनीसँग राहुल देव, नरगिस फखरी पनि मुख्य भूमिकामा रहेका छन्।
राजु चड्ढा र राहुल मित्रले निर्माण गरेको यो फिल्मको निर्देशन गिरीश मलिकले गरेका छन्।

यसपछि उनी ‘केजीएफ च्याप्टर २’ मा देखिनेछन्। त्यस्तै, भुज : द प्राइम अफ इन्डिया, शमशेरा र पृथ्बीराज उनका आगामि फिल्म हुन्।

प्रकाशित मिति: १९:०७ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्