Kathmandu Press

आदित्यसँगै 'ओम : द ब्याटल विदइन'मा सञ्जना

मुम्बई, मंसिर ८ : बलिउड अभिनेता आदित्य रोय कपूरसँगै नयाँ फिल्म 'ओम : द ब्याटल विदइन'मा सञ्जना साँघी देखिने भएकी छन्।आदित्यको भरखरै रिलिज...
आदित्यसँगै 'ओम : द ब्याटल विदइन'मा सञ्जना

मुम्बई, मंसिर ८ : बलिउड अभिनेता आदित्य रोय कपूरसँगै नयाँ फिल्म 'ओम : द ब्याटल विदइन'मा सञ्जना साँघी देखिने भएकी छन्।

आदित्यको भरखरै रिलिज भएको फिल्म' लूडो'ले खुब चर्चा पाएको छ। यसमा आदित्यले पनि प्रशंसा पाएका छन्।

Hardik ivf

यसको सफलतासँगै अर्को फिल्म 'ओम : द ब्याटल विदइन'को घोषणा गरिएको छ। जसमा आदित्यसँगै सञ्जना मुख्य भूमिकामा देखिने भएकी हुन्।

सञ्जनाले सुशान्तसिंह राजपूतसँगै 'दिल बेचरा'मा डेब्यू गरेकी थिइन्। त्यसमा उनले खबु प्रशंसा पाएकी थिइन्।

दोस्रो फिल्मका लागि एकदम उत्साहित रहेको उनले बताएकी छन्। यो फिल्मको कहानी मन परेको उनले बताएकी छन्। यसका लागि उनले प्रशिक्षण पनि सुरु गरेकी छन्।

यो फिल्म अर्को महिना फ्लोरमा जाने जनाएको छ। यसको निर्माण अहमद खानलले गरिरहेका छन्। यो अर्को वर्ष रिलिज हुनेछ।

 

प्रकाशित मिति: १७:५३ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्