Kathmandu Press

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, मंसिर ८ : चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।चितवनको राप्ती नगरपालिका–१ का ५० वर्षीय आइतबहादुर चेपाङ जंगली...
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, मंसिर ८ : चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

चितवनको राप्ती नगरपालिका–१ का ५० वर्षीय आइतबहादुर चेपाङ जंगली हात्तिकिो आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो।

उनी पत्नी विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका थिए। आफू भागेको र आइतबहादुरलाई हात्तीले आक्रमण गरेको विष्णुमायाले बताइन्।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट यो वर्ष मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

तीमध्ये तीन जना बाघको आक्रमणबाट, एक जना गैँडाको आक्रमणबाट र एक जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

यसअघि निकुञ्जको कोर इलाकामा घरपालुवा हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत मृत्यु भएको थियो।

प्रकाशित मिति: १५:४० बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्