Kathmandu Press

काँग्रेसभित्रको आन्तरिक द्वन्द्व अन्त्य गरिनुपर्छः नेता महर

काठमाडौं, मंसिर ८ : स्कूल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले कांग्रेस पार्टीलाई बलियो बनाउन पार्टीभित्र भएको आन्तरिक द्वन्द्वको...
काँग्रेसभित्रको आन्तरिक द्वन्द्व अन्त्य गरिनुपर्छः नेता महर

काठमाडौं, मंसिर ८ : स्कूल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले कांग्रेस पार्टीलाई बलियो बनाउन पार्टीभित्र भएको आन्तरिक द्वन्द्वको अन्त्य गरिनुपर्ने बताएका छन् ।

अध्यक्ष महरले आइतबार सदरमुकाम दमौलीमा स्कूल अफ ड्रेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँगको अनौपचारिक भेटघाटका क्रममा केन्द्रको आन्तरिक विवाद तल्लो तहसम्म पुग्न लागेको अवस्थामा त्यसको अन्त्य गरी गुटउपगुटको राजनीतिलाई निरुत्साहित गर्न आवश्यक रहेको औँल्याए ।

“नेता बदमास नभएको महसुस जनता गर्ने गरी कांग्रेसले राम्रो काम गरे पार्टीलाई बलियो बनाउन सकिनेछ”, उनले भने, “सबैले आफ्नो गल्तीलाई सच्याएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ ।” गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले धेरै कुराको एजेण्डा पाउँदा पनि कांग्रेसले सशक्तरूपमा आवाज उठाउन नसक्नु मुख्य कमजोरी पक्ष रहेको बताए।

प्रतिपक्षले जुन भूमिका खेल्नुपर्ने हो त्यो हुन सकेको छैन भन्दै उहाँले आवश्यक परे सडकमा उत्रिन पनि पछि हट्न नहुने बताए। 

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्