पृथ्वीराजमार्गमा सवारी दुर्घटना, एकको मृत्यु, तीन घाइते
धादिङ, मंसिर ७ : पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।...
धादिङ, मंसिर ७ : पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानटारका दीपेश केसी रहेका छन्।
मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका १ का २४ वर्षीय केसीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते जानकारी दिए। दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन्।
घाइतेमध्ये एकको अवस्था सामान्य रहेको छ। घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:५६ बजे, आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)