Kathmandu Press

काठमाडौं महानगरपालिकाले सुरु गर्यो मोबाइल भ्यानबाट स्वाब संकलन कार्य

काठमाडौं महानगरपालिकाले सुरु गर्यो मोबाइल भ्यानबाट स्वाब संकलन कार्य

काठमाडौं, मंसिर ७ : काठमाडौं महानगरपालिकाले कोभिड १९ को निःशुल्क स्वाब परीक्षणको लागि मोबाइल भ्यानबाट संकलन कार्य सुरु गरेको छ। 

अशक्त, असहाय र जेष्ठ नागरिकलाई मध्येनजर गर्दै मोबाइल भ्यानमार्फत स्वाव संकलन गरी परीक्षण गर्ने महानगरले जनाएको छ। 

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका अनुसार स्वाव संकलन केन्द्रमा गई परीक्षण गराउन नसक्ने अव्सथामा मानिसलाई लक्षित गरी स्वाव संलकन कार्य सुरु गरिएको हो।

सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न आग्रह गरे। 

काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे। 

प्रकाशित मिति: १९:३० बजे, आइतबार, मंसिर ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्