Kathmandu Press

बलिउड अभिनेत्री मन्दानाले निर्मातामाथि लगाइन यौनदुर्व्यहारको आरोप

बलिउड अभिनेत्री मन्दानाले निर्मातामाथि लगाइन यौनदुर्व्यहारको आरोप

मुम्बई, मंसिर ७ : बलिउडमा फेरि अर्को यौनदुर्व्यहारको घटना चर्चामा आएको छ। अभिनेत्री मन्दना करिमीले निर्मातामाथि यौनदुव्र्यवहारको आरोप लगाएकी छिन्।

अहिले अभिनेत्री मन्दाना फिल्म कोका कोलाको सुटिङमा छिन्। त्यहिँ फिल्मका निर्माता महेन्द्र धारीवालले यौनदुर्व्यहार गरेको उनले आरोप लगाएकी छन्।

उनका अनुसार फिल्म सुटिङको अन्तिम दिन निर्माता महेन्द्रले यौनदुर्व्यहार गरेका हुन्। फिल्मको सेटमै उनले यौन यौनदुर्व्यहार गरेको उनको भनाइ छ।

उनी एक वर्षदेखि यो फिल्ममा काम गर्दै आएकी थिइन्। उनले यस अघि यो फिल्मको टिमले राम्रो व्यवहार नगरेको बताउँदै आएकी थिइन्।

१३ नोभेम्बरका दिन निर्माता महेन्द्रले जबर्जस्ती भेनिटी भ्यानमा आएको उनले बताएकी छिन्। त्यहि यौनदुर्व्यहार गरेको उनको भनाइ छ।

निर्माता महेन्द्रले भने कुनै यौनदुर्व्यहार नगरेको दाबी गरेका छन्। मन्दानाले गलत आरोप लगाएको उनको भनाइ छ।

प्रकाशित मिति: १८:५६ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्