Kathmandu Press

दुई दिनमै ‘दाल भात तरकारी’ले कमायो एक करोड ३९ लाख

काठमाडौं, वैशाख २३ : हास्यव्यंग्य प्रधान फिल्म ‘दाल भात तरकारी’ले दुई दिनमै एक करोड २९ लाख कमाएको छ। समीक्षकबाट नकारात्मक टिप्पणी आएपनि दर....

दुई दिनमै ‘दाल भात तरकारी’ले कमायो एक करोड ३९ लाख

काठमाडौं, वैशाख २३ : हास्यव्यंग्य प्रधान फिल्म ‘दाल भात तरकारी’ले दुई दिनमै एक करोड २९ लाख कमाएको छ। समीक्षकबाट नकारात्मक टिप्पणी आएपनि दर्शकको भने हलमा घुइँचो लागेको छ।

मह संचारको ब्यानरमा किरण केसीले निर्माण गरेको ‘दाल भात तरकारी’ वैशाख २० गते रिलिज भएको थियो। फिल्मले पहिलो दिनमै राम्रो सुरुआत गरेको निर्माता केसीले बताए। ‘पहिलो दिन देशभर ३२ लाख कलेक्सन गरेको छ,’ केसीले भने।

तीन पुस्ताका कलाकार एउटै फ्रेम रहेको ‘दाल भात तरकारी’लाई देशभरका दर्शकले मन पराएका छन्। जसको प्रतिफल रिलिजको दोस्रो दिन शनिबार दर्शकको घुइचो नै लाग्यो।

Hardik ivf

निर्माता केसीका अनुसार, शनिबार ‘दाल भात तरकारी’ले एक करोड सात लाख कमाएको छ। ‘शनिबार त दर्शकको सुनामिनै आयो, देशभरका हलहरू भरिभराउ भए,’ केसीले भने।

शनिबार केही हलमा फिल्मका कलाकारले दर्शकसँग साक्षात्कार पनि गरेका थिए। उनीहरूले फिल्मका बारेमा दर्शकका प्रतिक्रिया सुनेका थिए। धेरैले राम्रो फिल्म बनेको प्रक्रिया दिएको केसीले बताए।

आइतबार पनि ‘दाल भात तरकारी’को कमाइ सन्तोषजनक नै रहेको छ। देशभरका हलमा दर्शकको भीड लागेको छ। देशभरबाट राम्रो प्रतिक्रिया आइरहेको ‘दाल भात तरकारी’ टिमले जनाएको छ।

समीक्षकले भने राम्रो प्रतिक्रिया दिएका छैनन्। उनीहरुले फिल्मको कन्टेनको आलोचना गरेका छन्। दर्शकलाई हसाउँने कुरामा मात्रै फिल्मले जोड दिएको समीक्षकको आरोप छ।

समीक्षकले आलोचना गरेपनि दर्शकले माया गरिरहेको फिल्म टिमको भनाइ छ। ‘आलोचकको कुरा सुन्ने हो भने त हलमा दर्शक नै नहुनु पर्ने हो। दर्शकले त माया गरेका छन्, आज पनि घुइचो लागेको छ,’ निर्माता केसीले भने। कतिपय हलमा त दर्शकले एक दिन अघि नै टिकट बुकिङ समेत गरेका छन्।

यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल, शिवहरि पौडेल, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ।

पछिल्लो समय समीक्षकले आलोचना गरेका फिल्मले राम्रो व्यापार गर्दै आएका छन्। उनीहरूले नराम्रो भनेका फिल्म सुपरहिट बनेका छन्। ‘दाल भात तरकारी’ पनि त्यतैतिर लम्किरहेको छ।

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्