Kathmandu Press

सोलखुम्बुको रिसाेर्ट 'यती माउन्टेन होम'मा आगलागी

सोलखुम्बु, मंसिर ७ : सोलखुम्बुको फाक्दिनस्थित चर्तित रिसोर्ट यती माउन्टेन होममा आगलागी भएको छ।यती समूहले सञ्चालन गरेको रिसोर्ट यती माउन्टेन होममा आज बिहान...
सोलखुम्बुको रिसाेर्ट 'यती माउन्टेन होम'मा आगलागी

सोलखुम्बु, मंसिर ७ : सोलखुम्बुको फाक्दिनस्थित चर्तित रिसोर्ट यती माउन्टेन होममा आगलागी भएको छ।

यती समूहले सञ्चालन गरेको रिसोर्ट यती माउन्टेन होममा आज बिहान आगलागी भएको हो। नाम्चे लुक्ला ट्रेकिङ रुटमा रहेको यो महंगा रिसोर्टमध्ये पर्छ।

रिसोर्टबाट धुवाको मुस्लो निस्किरहेको हेलिकप्टरबाट देखिएको छ। रिसोर्टमा आगो लागेको खबर आएको जिल्ला प्रहरी कार्यालय, सोलखुम्बुले जनाएको छ।

आगो निभाउने प्रयास भइरहेको जनाएको छ। आगोबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १७:२७ बजे, आइतबार, मंसिर ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्