Kathmandu Press

विरहीको निबन्ध संग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

काठमाडौं, मंसिर ७ : पाँच दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय रेशम विरहीको ११औँ कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ।यो पुस्तक शिखा बुक्सले...
विरहीको निबन्ध संग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

काठमाडौं, मंसिर ७ : पाँच दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय रेशम विरहीको ११औँ कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ।

यो पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो। यसमा २५ वटा निबन्ध रहेका छन्।

आठ वटा प्रभाव अर्थात् व्यक्तिकेन्द्रित छन् भने १७ वटा भावमा आधारित छन्।  दुई  सय पृष्ठको निबन्ध सङ्ग्रहको मूल्य ३२५ रुपैयाँ रहेको छ।

‘देब्रे आँखा’ निबन्ध सङ्ग्रहबाट चर्चामा आएका विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत पाँच दशकदेखि सक्रिय छन्। उनको पहिलो कृति विसं २०३५ मा ‘मुलाको बोक्रा’ बजारमा आएको थियो। उनी विसं २०२८ देखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्।

यसअघि उनका निबन्ध ‘देब्रे आँखा’, उपन्यास ‘प्रेमदासको डायरी’, कविता ‘थालथालमा सपना’, ‘मङ्गली गुप्ताको पान’, ‘भित्ताको रङ’ जस्ता कृति चर्चामा छन्।

पछिल्लो समय क्यान्सर रोगको उपचार गराउने क्रममा उनले लेखेको ‘सातौँ बादशाहको रातो कोट’ कविता सङ्ग्रह तयार भएको छ। यो कृति छिट्टै प्रकाशन गर्ने तयारीमा रहेको उनले बताए।

प्रकाशित मिति: १६:५४ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्