Kathmandu Press

राष्ट्रिय कविता महोत्सव मंसिर २९ मा काठमाडौंमा हुने

काठमाडौं, मंसिर ६ : नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक...
राष्ट्रिय कविता महोत्सव मंसिर २९ मा काठमाडौंमा हुने

काठमाडौं, मंसिर ६ : नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।

प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का  कारण स्थगन गरिएको थियो। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए।

प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ। यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो।  

प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ। सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई ५० हजार, द्धितीयलाई  ४० हजार र तृतीय तीन जनालाई जनही ३० हजार रूपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ।

प्रकाशित मिति: १८:१६ बजे, शनिबार, मंसिर ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्