Kathmandu Press

रुसी बिमानमा आगलागी हुँदा ४१ को मृत्यु (भिडियोसहित)

मस्को, वैशाख २३ : रुसको मस्कोस्थित सेरेमेट्येभो बिमानस्थलमा आपतकालीन अवतरण गरिएको विमानमा आगलागी हुँदा ४१ यात्रुको मृत्यु भएको छ।

आइतबार साँ....

रुसी बिमानमा आगलागी हुँदा ४१ को मृत्यु (भिडियोसहित)
एजेन्सी

मस्को, वैशाख २३ : रुसको मस्कोस्थित सेरेमेट्येभो बिमानस्थलमा आपतकालीन अवतरण गरिएको विमानमा आगलागी हुँदा ४१ यात्रुको मृत्यु भएको छ।

आइतबार साँझ रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे–१०० बिमान आपतकालीन अवतरण गर्नु परेको थियो। ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य रहेको विमान आपतकालीन अवतरण गर्ने वित्तिकै आगलागी भएको हो।

रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले बिमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको बताए। अन्य यात्रु बाच्न सफल भएका छन्। उनीहरूमध्ये केही घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जनाएको छ।

Hardik ivf

भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो।

सेरेमेट्येभो बिमानस्थलबाट उत्तरी शहर मरमान्स्कका लागि उडेको बिमान विमानमा प्राविधिक समस्या रहेको भन्दै सेरेमेट्येभो फर्किएको थियो। बिमानस्थलमा आपतकालीन अवतरण गर्ना साथ आगो लागेको थियो।

सुपरजेट भनिने रुसी एसएसजे–१०० दुई इन्जिनयुक्त जहाज हो। यो बिमान सन् २०११ देखि प्रयोगमा ल्याइएको थियो।

यस बिमानको उत्पादक सुखोई सिभिल एयरक्रयाफ्टले आइतबार दुर्घटनाग्रस्त बिमानको गत अप्रिलको शुरुमै मर्मत गरिएको जनाएको छ। एरोफ्लोटले पाइलटहरुमा करिब एक हजार चार सय घण्टा बिमान उडाएको अनुभव रहेको बताएको छ।

सोभियत संघ युगको बिमानसेवा पुरानो भएपछि उड्डयनका क्षेत्रमा समस्या सामना गरेको रुसले एसएसजे–१०० सिरिजका नयाँ बिमान विकास गरेको थियो। यही सिरिजका बिमानहरु रुस बाहेक आर्मेनीया र मेक्सिको समेतका अरु देशमा पनि प्रयोग भइरहेको छ।

प्रकाशित मिति: १०:५९ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्