Kathmandu Press

कोरोनाबाट सतर्कता अपनाउँदै देश विकासमा लागौँ : मन्त्री भट्ट

काठमाडौं, मंसिर ५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउँदै देश विकासमा लाग्नुपर्ने बताएका छन्।नेपाल सितोरियो कराँते सतुङ्गल...
कोरोनाबाट सतर्कता अपनाउँदै देश विकासमा लागौँ : मन्त्री भट्ट

काठमाडौं, मंसिर ५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउँदै देश विकासमा लाग्नुपर्ने बताएका छन्।

नेपाल सितोरियो कराँते सतुङ्गल डोजोले शुक्रबार चन्द्रागिरिमा आयोजना गरेको ‘विशिष्ट व्यक्ति सम्मान कार्यक्रम’मा उनले कोरोनाबाट सतर्कता अपनाउँदै युद्धस्तरमा काम गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताएका हुन्। 

“देशभर कोरोनाको प्रभाव भएपनि विस्तारै सामान्य जीवनतर्फ उन्मुख हुँदै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्छ”, उनले भने। मन्त्री भट्टले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता स्वस्थ्य हुनुपर्ने बताउँदै जनतालाई स्वस्थ्य बनाउन खेलकूदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। 

खेलकूद क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भए आगामी दिनमा परिस्कृत गर्दै लैजाने उनको भनाइ थियो। 

प्रकाशित मिति: ०१:५५ बजे, शनिबार, मंसिर ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्