झापामा थप दुई जना कोरोना संक्रमितको मृत्यु
विर्तामोड, मंसिर ५ : झापामा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट गौरादह–८ का ६३ वर्षीय पुरुष र गौरादह–७ की...
विर्तामोड, मंसिर ५ : झापामा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट गौरादह–८ का ६३ वर्षीय पुरुष र गौरादह–७ की ७५ वर्षीया महिलाको को नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड-१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए।
योसँगै झापामा कोरोनाले मृत्यु हुनेको संख्या ९२ पुगेको छ।
यस्तै, शुक्रबार झापामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिर्तामोडमा पाँच, कनकाइमा तीन, अर्जुनधारामा दुई, गौरादहमा पाँच, मेचीनगरमा एक, बाह्रदशीमा एक, भद्रपुरमा तीन, हल्दिबारीमा एक, दमकमा सात र कमलमा एक जनामा कोरोना संक्रमण भेटिएको हो।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ३ हजार १९७ पुगेको छ।
प्रकाशित मिति: ००:३२ बजे, शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)