Kathmandu Press

देशभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउँछौँ : मन्त्री अर्याल

स्याङ्जा, मंसिर ५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले देशभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउने घोषणा गरेकी छिन्। शुक्रबार मालपोत...
देशभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउँछौँ : मन्त्री अर्याल

स्याङ्जा, मंसिर ५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले देशभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउने घोषणा गरेकी छिन्। 

शुक्रबार मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गर्दै उनले देशभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाइने बताएकी हुन्।मालपोत कार्यालयलाई नमुना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताइन्।

मालपोत र नापी कार्यालयको बिग्रिएको छवि बदल्न सफल हुँदै गएको बताउँदै मन्त्री अर्यालले ती कार्यलयहरुबाट प्रवाह हुने सेवाबाट पुष्टि भइरहेको बताइन्। सुशासन कायम गर्ने कुरा गाली गरेर मात्र प्राप्त नहुने भन्दै उनले त्यसका लागि नयाँ प्रविधिको प्रयोग, नयाँ सिस्टमको विकास गरेर सुशासन कायम गर्न सकिने बताइन्।

‘सिस्टमबाट नै सुशासन कायम गर्ने, प्रविधिको प्रयोग गरेर नै सेवाग्राहीलाई खुसी बनाउने काम प्रमुख ठानेर हामी यो अभियानमा लागेका छाैँ’, मन्त्री अर्यालले भनिन्, ‘हिजो २/३ दिन बसेर गर्नुपर्ने कामहरु अहिले एकैदिनमा गर्न सकिनेगरी सर्वसुलभ र छितोछरितो सेवा प्रवाह हुने सिस्टम विकास गरेर जनतालाई सुविधा दिएका छौँ।’
 

प्रकाशित मिति: २३:०२ बजे, शुक्रबार, मंसिर ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्