Kathmandu Press

वागमतीमा कोरोना संक्रमणबाट ६०० को निधन

वागमती, मंसिर ५ : विश्वव्यापी  महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत वागमती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ। वागमती प्रदेश, सामाजिक...
वागमतीमा कोरोना संक्रमणबाट ६०० को निधन

वागमती, मंसिर ५ : विश्वव्यापी  महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत वागमती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ। वागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार  प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। प्रदेशमा कोरोना संक्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाइ छ। 

प्रवक्ता डा सेढाईंका अनुसार मुलुकका कूल कोरोना संक्रमितमध्ये वागमती प्रदेशमा ५० प्रतिशत  छ। कोरोनाको संक्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ। यसैबीच हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको छ। उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो। शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ।  

प्रकाशित मिति: २०:३३ बजे, शुक्रबार, मंसिर ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्