Kathmandu Press

धनगढीमा कोरोना संक्रमणबाट बृद्धाको मृत्यु

धनगढी, मंसिर ५ : कोरोना भाइरसको संक्रमणबाट धनगढीमा एक जना बृद्धाको मृत्यु भएको छ।सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिका–७ की ७५ वर्षीय...
धनगढीमा कोरोना संक्रमणबाट बृद्धाको मृत्यु

धनगढी, मंसिर ५ : कोरोना भाइरसको संक्रमणबाट धनगढीमा एक जना बृद्धाको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिका–७ की ७५ वर्षीय बृद्धाको आज बिहान मृत्यु भएको असपतालले जनाएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कात्तिक २९ गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

उनलाई केही दिनयता भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममा आज मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। उनी मिर्गौला रोगबाट पीडित थिइन्।

 

प्रकाशित मिति: २०:०७ बजे, शुक्रबार, मंसिर ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्