आजपनि घट्यो सुनको मूल्य, तोलामा ४०० ह्रास
काठमाडौं, मंसिर ५ : सुनको मूल्य आज पनि ओरालो लागेको छ। बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी...
काठमाडौं, मंसिर ५ : सुनको मूल्य आज पनि ओरालो लागेको छ। बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको छ। बिहीबार भने प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भएको छ। बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी आज प्रतितोला पाँच रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २१० रुपैयाँमा कारोवार भएको छ।
प्रकाशित मिति: १८:४१ बजे, शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
