ब्राउनसुगरसहित दुई युवक पक्राउ
झापा, मंसिर ५ : झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मेचीनगर–१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी...
झापा, मंसिर ५ : झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर–१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी र पानबस्तीका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मेचीनगर–१५ हेल्दुबारीमा बा ३८ प ३८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ब्राउनसुगर भेटाएको थियो। मोटरसाइकलमा सवार उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर, नगद ८१ हजार एक सय रुपैयाँ, भारु ११० र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ।
प्रकाशित मिति: १६:५८ बजे, शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











