Kathmandu Press

स्मिता दाहालको नयाँ गीत मालिङ्गो सार्वजनिक (भिडियो)

काठमाडौं, मंसिर ४  :  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मीता दाहालको नयाँ गीत मालिङ्गो सार्वजनिक भएको छ।गीतको म्युजिक भिडियोमा स्मीता महानायक...
स्मिता दाहालको नयाँ गीत मालिङ्गो सार्वजनिक (भिडियो)

काठमाडौं, मंसिर ४  :  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मीता दाहालको नयाँ गीत मालिङ्गो सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियोमा स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिएकी छिन्।  स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोको निर्देशन सरोज ओलीले गरेका छन्।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ। भिडियोमा राजेश हमाल पत्रिका पुर्‍याउने हकरको भूमिकामा देखिएका छन्। सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ छ।     

सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन्।

भिडियो हेर्नुस् :

प्रकाशित मिति: ००:१६ बजे, शुक्रबार, मंसिर ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्