Kathmandu Press

छठ पर्वका कार्यक्रममा राष्ट्रपति सहभागी नहुने

काठमाडौं, मंसिर ४ : राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक नहुने भएकी...
छठ पर्वका कार्यक्रममा राष्ट्रपति सहभागी नहुने

काठमाडौं, मंसिर ४ : राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक नहुने भएकी छिन्।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिहीबार विज्ञप्ति जारी गरी यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक नहुने जानकारी दिएकी हुन्। 

राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौँका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन्। राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन्।

प्रकाशित मिति: २३:०६ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्