Kathmandu Press

कर्णाली प्रदेशमा थप ६३ जनामा कोरोना पुष्टि, ७० जना डिस्चार्ज

काठमाडौं, मंसिर ४ : कर्णाली प्रदेशमा गत २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये सुर्खेतका ३९, हुम्लाका १६, दैलेखका ४,...
कर्णाली प्रदेशमा थप ६३ जनामा कोरोना पुष्टि, ७० जना डिस्चार्ज

काठमाडौं, मंसिर ४ : कर्णाली प्रदेशमा गत २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये सुर्खेतका ३९, हुम्लाका १६, दैलेखका ४, रुकुम पश्चिमका २ र अन्य प्रदेशका २ जना रहेका छन्।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार पाँच सय ६ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। जसमध्ये ‘सुर्खेतका ४७ जना र दैलेखका २३ जना रहेका छतन्।

योसँगै कर्णाली प्रदेशमा कोरोनामुक्त हुनेको संख्या पाँच हजार ९५८ पुगेको छ।

हाल प्रदेशमा ४२० जना कोरोनाका सक्रिय संक्रमित रहेकाछन्। उनीहरूको कर्णालीका विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: २२:५८ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्