Kathmandu Press

तनहुँको दुलेगौँडामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा 

काठमाडौं, मंसिर ४ : ग्लोबल आइएमई बैंक लिमिटेडले तनहुँमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।बैंकले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौँडामा बिहीबारदेखि नयाँ शाखा...
तनहुँको दुलेगौँडामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा 
Hardik ivf

काठमाडौं, मंसिर ४ : ग्लोबल आइएमई बैंक लिमिटेडले तनहुँमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौँडामा बिहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो। सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।

ग्लोबल आइएमई बैंकले ७२ जिल्लामा २६३ शाखा सञ्जालसहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखारहित बैंकिङ्ग सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि सम्र्पक कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी  ग्राहकलाई सेवा दिँदै आएको छ।
 

प्रकाशित मिति: २२:४० बजे, बिहीबार, मंसिर ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्