Kathmandu Press

प्रधानमन्त्रीले दिए म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई

काठमाडौं, मंसिर ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखमा बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा संघका सल्लाहकार आङ...
प्रधानमन्त्रीले दिए म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई

काठमाडौं, मंसिर ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखमा बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा संघका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधबार बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई दिएका हुन्।

म्यान्मामा हालै भएको आमनिर्वाचनमा नेशनल लिग फर डेमोक्रेसी भारी बहुमतका विजयी भएकामा बधाई ज्ञापन गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले निर्वाचन परिणामले नेत्री सुचीको सक्षम नेतृत्व र जनतामाझ उनीप्रतिको लोकप्रियतालाई प्रमाणित गरेको बताएका छन्।

दुई वर्षअघि नेत्री सुचीले सफलतापूर्वक गरेको नेपाल भ्रमणको स्मरण गर्दै उनले नेपाल र म्यान्माबीच विद्यमान निकटतम सांस्कृतिक सम्बन्ध एवं मैत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

यसैगरी, बहराइनका अधिराजकुमार त्यहाँको प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले पठाएको शुभकामना सन्देशमा सन् १९७७ मा नेपाल र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बध उत्कृष्ट रहेको बताएका छन्। साथै उनले आगामी दिनमा विद्यमान द्विदेशीय सम्बन्ध अझ उन्नत एवं विस्तार हुने आशा व्यक्त गरेका छन्।

प्रकाशित मिति: १९:४७ बजे, बिहीबार, मंसिर ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्