Kathmandu Press

सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, मंसिर ४ : केही दिनयता लगातार ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य सात...
सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, मंसिर ४ : केही दिनयता लगातार ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य सात सय रुपैयाँले घटेको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार चार सय पुगेको छ। बुधबार प्रतितोला ९५ हजार एक सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार नौ सयमा कारोबार भइरहेको छ।

यसैगरि चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार दुई सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भएको थियो।
 

 

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्