Kathmandu Press

तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

ताप्लेजुङ, मंसिर ४ : ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यसका लागि जलस्रोत तथा सिँचाइ...
तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

ताप्लेजुङ, मंसिर ४ : ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यसका लागि जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई  स्वीकृति समेत दिइएको जनाइएको छ। 

मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोेजनाको काम विसं २०७८ को असोज महिनाबाट निर्माण शुरुआत हुने आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिए। काम शुरु गरेको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उनले बताए।

स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उनले जानकारी दिए।

नौ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने जनाइएको छ। फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ मा आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन्। स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका सबै कार्य सम्पन्न गरिसकेको जनाइएको छ।

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्