Kathmandu Press

प्रभासको फिल्म 'आदिपुरुष'को रिलिज डेट घोषणा

काठमाडौं, मंसिर ४ : बलिउड अभिनेता प्रभासको नयाँ फिल्म आदिपुरुषको रिलिज डेट घोषणा गरिएको छ।बिहीबार प्रभासले इन्स्टाग्राममार्फत फिल्मको रिलिज डेट घोषणा गरेका हुन्।...
प्रभासको फिल्म 'आदिपुरुष'को रिलिज डेट घोषणा

काठमाडौं, मंसिर ४ : बलिउड अभिनेता प्रभासको नयाँ फिल्म 'आदिपुरुष'को रिलिज डेट घोषणा गरिएको छ।

बिहीबार प्रभासले इन्स्टाग्राममार्फत फिल्मको रिलिज डेट घोषणा गरेका हुन्। 'आदिपुरुष' सन् २०२२ को अगस्तमा रिलिज हुने प्रभासले बताएका छन्।

उनले इन्स्टा पोस्टमा 'आदिपुरुष' ११ अगस्त, २०२२ मा रिलिज हुने बताएका हुन्। उनले पोस्ट गरेसँगै कमेन्टको बाढी आएको छ। उनका हजारौं फ्यानले शुभकामना दिएका छन्।

यो फिल्ममा प्रभाससँगै सैफ अली खान, कृति सनोन पनि मुख्य भूमिकामा रहेका छन्।

 

 

प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, मंसिर ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्