Kathmandu Press

दक्षिण कोरियाद्वारा मानवरहित ड्रोन ट्याक्सीको परीक्षण

सउल, मंसिर ४ : दक्षिण कोरियाले मानवरहित ड्रोन ट्याक्सीको परीक्षण गरेको छ।दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको...
दक्षिण कोरियाद्वारा मानवरहित ड्रोन ट्याक्सीको परीक्षण

सउल, मंसिर ४ : दक्षिण कोरियाले मानवरहित ड्रोन ट्याक्सीको परीक्षण गरेको छ।

दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक ड्रोन ट्याक्सीमा दुई सिट रहेको छ। ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ।

परीक्षणमा प्रयोग भएका मानवरहित ड्रोन ट्याक्सीको नाम ईएच २१६ उस दिएको छ। परीक्षणमा ६ वटा ड्रोन ट्याक्सी परीक्षण गरिएको थियो। ती ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो।

ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको वृद्धि इञ्जिन सुरक्षित गर्ने उद्देश्यका साथ यसलाई सञ्चालनमा ल्याउन लागेको हो। यो शहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ।

गत अप्रिलमा ७० केजी चामलको बोरासहित यी ड्रोन ट्याक्सीको सफलतापूर्वक परीक्षण गरिएको थियो।

प्रकाशित मिति: १६:३० बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्