Kathmandu Press

नेकपा कुनै हालतमा फुट्दैन : मन्त्री अर्याल

स्याङ्जा, मंसिर ३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्यालले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेकी छिन्। “पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ”,...
नेकपा कुनै हालतमा फुट्दैन : मन्त्री अर्याल
मन्त्री पद्मा अर्याल।

स्याङ्जा, मंसिर ३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्यालले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेकी छिन्। 

“पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ”, चापाकोटमा राधादामोदर माविको चार कोठे भवनको बुधबार उद्घाटन गर्दै उनले भनिन्, “फुटको स्वाद लिएर आएका पार्टी फुट्दैनन्।” 

मन्त्री अर्यालले बाहिर आए जस्तै पार्टीमा ठूलो समस्या नभएकाले कार्यशैलीगत एजेण्डा छलफलबाटै मिल्ने र जीवन्त तथा गतिशील पार्टीमा यस्ता छलफल स्वभाविक काम कर्तव्यमा केन्द्रित भएर लाग्न सबैमा आग्रह गरिन्। 

शैक्षिक गुणस्तर वृद्धि गर्न सकिएन भने विकास सम्भव नहुने बताउँदै उनले सूचना र प्रविधिको युगमा विद्यालयको भौतिक संरचना, वातावरण, शैक्षिक सामग्री, शिक्षकलाई समेत सोहीअनुसारका तालिम दिएर अगाडि बढाउनुपर्नेमा जोड दिइन्। 

प्रकाशित मिति: ०२:०४ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्