Kathmandu Press

जनमोर्चा अध्यक्ष केसी कोरोनामुक्त, अस्पतालबाट भए डिस्चार्ज

काठमाडौं, मंसिर ३ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोनामुक्त भएर घर फर्किएका छन्। निमोनिया र कोरोना संक्रमण भएपछि केसी गत कात्तिक २५ गते...
जनमोर्चा अध्यक्ष केसी कोरोनामुक्त, अस्पतालबाट भए डिस्चार्ज

काठमाडौं, मंसिर ३ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोनामुक्त भएर घर फर्किएका छन्। 

निमोनिया र कोरोना संक्रमण भएपछि केसी गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका थिए। कोरोनामुक्त भएपछि अध्यक्ष केसीलाई अस्पतालले डिस्चार्ज गरेको हो।

अध्यक्ष केसीले बुधबार विज्ञप्ति जारी गरी आफ्नो उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन्। उनले आफ्नो उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद पनि दिएका छ‍न्।

प्रकाशित मिति: २१:३९ बजे, बुधबार, मंसिर ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्