Kathmandu Press

वीर अस्पतालमा स्वास्थ्यकर्मीको आन्दोलन जारी

बुटवल, मंसिर ३ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक युवकको मृत्यु भएको छ।बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवल उपमहानगरपालिका ८ का ३९ वर्षीय युवकको...
वीर अस्पतालमा स्वास्थ्यकर्मीको आन्दोलन जारी

काठमाडौं, मंसिर ३ : एक महिनादेखि आन्दाेलनमा उत्रिएका वीर अस्पतालमा स्वास्थ्यकर्मीले बुधबार पनि प्रदर्शन जारी राखेका छन्।

उनीहरुले कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राखेका छन्। उनीहरुले बुधबार ३१औं दिन पनि प्रदर्शन गरेका छन्।

कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीको सरकारले मनोबल गिराउने काम गरेको उनीहरुको भनाइ छ। माग पुरा नहुँदासम्म आन्दोलन जारी रहने नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।

स्वास्थ्यकर्मीहरु कात्तिक २ गतेदेखि आन्दोलन गर्दै आएका छन्। तर, स्वास्थ्य मन्त्रालयले भने उनीहरुको आन्दोलनलाई वेवास्ता गरेको छ।

प्रकाशित मिति: १९:२६ बजे, बुधबार, मंसिर ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्