Kathmandu Press

कंगना र रंगोलीलाई एक साताभित्र उपस्थित हुन मुम्बई प्रहरीको पूर्जि

काठमाडौं, मंसिर ३ : बलिउड अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोलीलाई एक साताभित्र उपस्थित हुन मुम्बई प्रहरीले पूर्जि काटेको छ।कंगना र रंगोलीविरुद्ध...
कंगना र रंगोलीलाई एक साताभित्र उपस्थित हुन मुम्बई प्रहरीको पूर्जि

काठमाडौं, मंसिर ३ : बलिउड अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोलीलाई एक साताभित्र उपस्थित हुन मुम्बई प्रहरीले पूर्जि काटेको छ।

कंगना र रंगोलीविरुद्ध निर्देशक मुनावर अलि साय्येदले मुम्बईको बन्द्रा मेट्रोपोलिटन मजिस्ट्रेटमा उजुरी दिएका थिए। उनीहरुले ट्विटमार्फत धार्मिक विद्वेष फैलाइरहेको आरोप लगाएका थिए।

Hardik ivf

मजिस्ट्रेटले यो उजुरीमा अनुसन्धान गर्न मुम्बई प्रहरीलार्य निर्देशन दिएको थियो। त्यहि उजुरीमा मुम्बई प्रहरीले नोभेम्बर २३ र २४ मा प्रहरी कार्यालयमा उपस्थित हुन पूर्जि काटेको हो।

यस अघि पनि मुम्बई प्रहरीले कंगनाविरुद्ध पूर्जि काटेको थियो। उनलाई नोभेम्बर १० मा उपस्थित हुन भनिएको थियो।

तर, उनका वकिलले नोभेम्बर १० मा उपस्थित हुन नसक्ने जवाफ दिएको थियो। हिमाचलमा रहेको र उनका भाइको बिहेको तयारीमा जुट्न पर्ने भएकाले तत्कालन उपस्थित हुन नसक्ने जवाफ दिएको थियो।

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, मंसिर ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्