कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका कार्यालय बन्द
म्याग्दी, मंसिर ३ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय बन्द गरिएको छ।गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि...
म्याग्दी, मंसिर ३ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय बन्द गरिएको छ।
गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि आजदेखि एक साताका लागि कार्यालय बन्द गरिएको अध्यक्ष डमबहादुर पुनले बताए। गाउँपालिकाले जारी गरेको सूचनामा मंसिर ३ देखि ९ गतेसम्म कार्यालय बन्द रहने जनाएको छ।
कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको पहिचान र परीक्षणका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिएको अध्यक्ष पुनले बताए।
उनको सम्पर्कमा आएका कर्मचारी र जनप्रतिनिधि गरि १५ जनाको कात्तिक २५ गते स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको थियो। उनीहरुमध्ये एक जनामा संक्रमण देखिएको जनाएको छ। उनी होम आइसोलेसनमा बसेका छन्।
प्रकाशित मिति: १६:०० बजे, बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











